रुकुमकोटनेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचल को रुकुम जिल्ला को सदरमुकम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणिय गाऊ को नाम हो रुकुमकोट । नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यस ठाउ प्राकृतिक सुन्दरताले भरिपूर्न भयको ठाउको रुपमा लीइन्छ। रुकुमकोट, रुकुम जिल्लाको शोभा गा.बि.स अन्तरगत पर्दछ । चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा रुकुम जिल्लाको सदरमुकाम थियो । [बाउन्न पोखरी त्रिपन्न टाकुरि]को नामले प्रसिद्ध रुकुमकोट मा हेर्नलायक पर्यटकिय सम्भाबना रहेका ठाउहरु:

१.रुक्मिणी ताल :बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरुमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थमा पुगेको छ। ताल उत्पत्तिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा बर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरु बताउँछन् । स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोट को बाहुन्थाना मा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ । यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुशार माघे सक्रान्तिमा तिर्थयात्रिहरु आएर नुहाउने चलन् छ । यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाईन्छ । प्राय चैत बैशाख महिनामा यस ताल बाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त या अन्य रोगको उपचार को लागि पनि प्रयोग गरिन्छ। अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ।
२.शिवालय(शिवजिको मन्दिर):शोभा गा.बि.स.अन्तरगत रुकुमकोटमा रहेको रुक्मिणी ताल(कमल दह)को उत्तर छेउमा अवस्थित यो मन्दिर स्थानिय बुद्धिजिबी मणीराम गौतमका अनुशार राणाकालमा बनाईयको हो । हरेक बर्ष शिवरात्रिको बेला म ठुलो मेला लाग्ने गर्दछ ।
३.सिस्ने हिमाल :रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो सिस्ने हिमाल । यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ । यसको उचाई ५,८४१मि.छ । रुकुमकोटलाई वरिपरि बाट सर्प झै डा॑डा॑ले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट थीयो पनि भन्ने गरिन्छ। मैदान डा॑डा॑ बाट सिस्ने हिमाल को अबलोकन गर्न सकिन्छ। यस हिमालमा आजसम्म कोहि पनि नचढेको हुंदा यसलाई कन्या हिमाल पनि भनिन्छ।
४.देउरालि गुफा :स्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारम अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने बिशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रुपमा बनेका मानिसका बिभिन्न दैनिक क्रियाकलाप या बिभिन्न देवि देवताका मूर्तिहरु हेर्न सकिन्छ,प्राकृतिक रुपमा बनेका यि मुर्तिहरु कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ ।
२.शिवालय(शिवजिको मन्दिर):शोभा गा.बि.स.अन्तरगत रुकुमकोटमा रहेको रुक्मिणी ताल(कमल दह)को उत्तर छेउमा अवस्थित यो मन्दिर स्थानिय बुद्धिजिबी मणीराम गौतमका अनुशार राणाकालमा बनाईयको हो । हरेक बर्ष शिवरात्रिको बेला म ठुलो मेला लाग्ने गर्दछ ।
३.सिस्ने हिमाल :रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो सिस्ने हिमाल । यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ । यसको उचाई ५,८४१मि.छ । रुकुमकोटलाई वरिपरि बाट सर्प झै डा॑डा॑ले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट थीयो पनि भन्ने गरिन्छ। मैदान डा॑डा॑ बाट सिस्ने हिमाल को अबलोकन गर्न सकिन्छ। यस हिमालमा आजसम्म कोहि पनि नचढेको हुंदा यसलाई कन्या हिमाल पनि भनिन्छ।
४.देउरालि गुफा :स्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारम अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने बिशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रुपमा बनेका मानिसका बिभिन्न दैनिक क्रियाकलाप या बिभिन्न देवि देवताका मूर्तिहरु हेर्न सकिन्छ,प्राकृतिक रुपमा बनेका यि मुर्तिहरु कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ ।
जनयुद्ध पछिको रुकुमसम्मको मेरो यात्रा ―सागर घिमिरे, पाल्पा
२५-जेठ-२०६६,सोमवार
म नेपाली हु र नेपाली हुनुमा मलाई गर्व छ किनकी हाम्रो देश बिश्व सामु अहिलेसम्म नझुकेको लडाकुको देश, विश्वको सबैभन्दा ठुलो उचाईमा रहेको सगरमाथाको देश, शान्तिका अग्रदुत गौतमबुद्धकोे देश वस यति नै लाग्छ म नेपाली हुनुमा गर्व गर्ने ठाउँ तर जव म ढोरपाटन र त्यस क्षेेत्र वरपरका स्थानमा पुगे तब मलाई लाग्यो म नेपाली हुनुमा गर्व गर्ने ठाउँ निकै फराकिलो छ र धेरै छ। ढोरपाटन वास्तवमै सुन्दर छ। डाडां माथिको फाट साच्चिकै हेर्न लाएक छ जिवनमा एकपटक यदि नेपाली हुनुमा तपाईलाई गर्व छ भने पुग्नु पर्ने ठाऊँ हो तपाँई हाम्रो ढोरपाटन। तर वास्तवमै यो ठाउँमा जति सुन्दरता छ त्यो सुन्दरता भित्रको विकटता भयानक छ। मान्छेहरुमा जुन नम्रता र माया छ त्यो माया भित्रको गरिवी वास्तवमै डरलाग्दो छ। खच्चड र घोडाको सहाराबाट बाचेका यस क्षेत्रका बासिन्दाको स्थिती देख्दा हाम्रा देशका नेताहरुको भाषणमा झुट र भ्रमको खेति बाहेक केहि छैन जस्तो लाग्छ। ढोरपाटन, रुकुम र रोल्पाको बिकासको नाममा काठमाडौंको पाचँतारे होटलमा बसेर गोष्ठि र सभा गर्ने ति ब्यक्तिहरुलाई ६० रुपैया मानो मोटो चामल खाने यि ब्यक्तिहरुको पेटले के भन्दो हो? सोच्नुपर्ने कुरा हो। यात्रा गर्नु अघि मेरो मनमा रहेका प्रश्नहरु थिए। नेपालको १० बर्षको ससस्त्र द्धन्द्धलाई उचाईमा पुर्याउने त्यो ठाउँको भौगोलिक स्थिती कस्तो होला? त्यहाँका मान्छे कस्ता होलान र त्यहि युद्धमा होमिने त्यस क्षेत्रका हजारौ युवा हाल के गर्दै होलान र युद्धमा आफ्नो ज्यान दिएका ति ब्यक्तिका परिवार के गर्दे होलान? जे प्राप्तिका लागि युद्धमा होमिए त्यो पाए होलान या छैनन्? यी प्रश्न संगै मनमा अर्को पनि कुरा खेलिरहेको थियो वास्तवमै नेपालका ति स्थानहरु कति सुन्दर होलान या नहोलान? संगै मनमा केहि प्रश्नहरुको उत्तर पनि खेलिरहन्थ्यो वास्तवमै त्यो स्थानमा अहिले विकासको लहर चल्नुपर्ने हो, खोला खोलामा बिद्युत निकाल्ने टर्वाईनहरु जडान भैरहेको हुनुपर्ने हो, ठाउँ ठाउँमा डोजर र ब्यक्तिहरुले मोटरबाटो खनिरहेको दृष्यहरु हुनसक्छ? यि र यस्तै बिचार गर्दे जव हामि ढोरपाटन, रुकुमको तकसरा, मईकोट र हुक्कामको यात्राको क्रममा जे भोग्यौ तब सबै प्रश्नहरु र जिज्ञासाहरुमा निरासता छायोे। बाटोमा थुप्रै जनयुद्धमा लागेका जनसेना र कार्यकर्तालाई भेट्यौ तर धेरैको मनमा यतिबेला निरासता पायौ रुकुम दमचनका बिष्णु यतिबेला सबैसंग प्रश्न गर्नुहुन्छ “हामिले यत्रो जनयुद्ध दियौ, जनयुद्धले खै हामिलाई के दियो?” बिष्णु जनयुद्धको बेला छाडेर गएको आफ्नो झुप्रो घर टाल्दै हुनुहुन्छ। जति जोगि आएपनि कानै चिरेका भनेझै अहिले बनेको आफ्नै सरकारबाट समेत बिष्णुलाई आस मरेको छ। १० वर्षे जनयुद्धमा लागेका हामिहरुको भावना बुझ्न नसक्नु दुर्भाग्य भएको बताउनुहुन्छ, सहर र सुविधाको भोग विलासितताले नेताहरुले जनयुद्धको भावना र उपलब्धि बिर्सीएको उहाँको आरोप छ। यतिबेला वास्तवमै जनयुद्धमा लागेकाहरु पाखा लागेका छन् मात्र जनयुद्ध पछि माओवादीमा लागेकाहरुले फाईदा र बदनाम गरेको भान भएको कुरा बिष्णु बताउनुहुन्छ। यस्तै उपल्लो सेर्राका जुद्ध बुढा मगर को भनाई पनि उस्तै छ जुद्ध बुढा मगर विगतमा जनयुद्धताकाका फोटा हेरेर कहिले काहि टोलाउनुहुन्छ र भन्नुहुन्छ जनयुद्धका सहिदको सपना सपनामै सिमीत हुने त होईन? ऊँहाले जनयुद्धबाट फर्के पछि गाउँमै युवाहरुको भलिवल टिम तयार पार्नुभएको छ। टिम युवा र युवतिको छुट्टाछुट्टै छ गएको वर्ष हुकामकोटमा भएको निकै ठुलो भलिवल खेलमा त्यो उँहाको टिम तृतिय भएको रहेछ, त्यो खेलको प्रथम पुरस्कार ५० हजार नगद रहेको थियो तै पनि आफ्नो टिमले तेस्रो स्थान हात पारी २० हजार नगद जितेकोमा खुसि हुनुहुन्छ। जुद्ध बुढा मगर अहिले भलिवल टिमको प्रशिक्षक अर्थात कोच हुनुहुन्छ र अव हुने खेलमा आफ्ना खेलाडिलाई प्रथम गराई छाडने उहाँको अठोट रहको छ। जनयुद्धबाट फर्केपछि गाऊँका युवाका लागि गरेको उहाँको यो काम उदाहरणिय छ। जुद्ध बुढा मगरको घरमा पुग्ने दिन उहाँको गाऊमा मानिसहरुको बैठक रहेछ के को बारेमा बैठक भनि प्रश्न गर्दा जुद्धको जवाफ थियो अहिलेको सरकारले गरेको निर्णय बिरुद्धको बैठक! हामिलाई एकैछिन अचम्म लाग्यो आफुले जनयुद्ध गरेर स्थापित गरेको सरकार त्यहि सरकारले गरेको निर्णय बिरुद्ध बैठक। उहाँले अझ थप्नुभयो बिरोध स्वरुप सर्वप्रथम हाम्रो हस्ताक्षर अभियान चल्नेछ, त्यसपछि प्रशासन घेराऊ त्यसबाट पनि हामिले भने अनुसार भएन भने ससक्त आन्दोलनमा उत्रने छौ। कुरा बुझ्दै जाँदा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धमा रहेछ। सरकारले एकतर्फि निर्णयबाट कोल भन्ने गाविसमा कार्यालय राख्ने निर्णय गरेको रहेछ तर अन्य तकसेरा, मइकोट, हुक्काम लगाएतका बासिन्दाको माग तकसेरामा प्रसासन राखेमा सबैलाई पाई पर्ने भन्ने रहेछ र दवाव पनि त्यसैको बिरुद्धमा रहेछ। यात्राको क्रममा ८ दिनको हिडाई पछि बल्ल हामी रुकुमको मइकोटमा पुग्यौ निकै उचाईमा पर्ने मईकोट खोलाबाट उक्लन जति गाह्ो छ पुगेपछि त्यति नै रमाईलो पनि छ। मईकोट निस्कने क्रममा बाटोमा भारि बोकेर निस्कने थुप्रै मानिसहरुलाई भेट्यौ र सोध्यौ तपाईहरु माओवादी हो? उहाँहरुले हास्दै जवाफ दिनुभयो “के कुरा गरेको यहाँका त मान्छे मात्रै होईन कुकुर बिराला पनि माओवादी हुन”। वास्तवमै हामिलाई पनि त्यस्तै लाग्यो धेरै युवाहरु जनसेनाको कम्ब्याक ड्रेसको पाईन्ट या र सर्टमा नै भेटिन्थे। जव रुकुममा पुगेर नेपाली दाईको होटलमा बस्यौ तव केहि खुसि लाग्यो किनकी बिजुलि बाल्न पाईयो क्यामराको ब्याटि्र चार्ज गर्न पाईयो। जनयुद्ध पछि केहि परिवर्तन आएछ भन्ने लाग्यो। त्यहाँ माओवादीका कमाण्डर दर्शनसंग भेट भयो। दर्शनसंग भेट हुनु मेरो लागि निकै खुसीको कुरा थियो किनकी मैले प्रत्यक्ष भोगेको र देखेको पाल्पा तानसेनको आक्रमणमा माओबादीको तर्फबाट आक्रमणका आएका रहेछन् दर्शन। दर्शन पनि अहिले घर बनाउने तरखरमा छन्। जनयुद्धमा लाग्दा भताभुङ्ग भएको घर जोडन लागी पर्नुभएको दर्शन , पाल्पा आक्रमणको बारेमा कुरा गर्दा सफल आक्रमण हो भन्नुहुन्छ तर पनि आफ्ना साथिहरु बढि भएकाले कत्तिलाई अन्जानमा आफ्नै साथिले गर्दा क्षति बेहोर्नु परेको उहाँको भनाई रहेको छ। १० बर्षे ससस्त्र जनयुद्धको बेला नेपालमै एकै गाऊका सबैभन्दा बढिले ज्यान गुमाएको स्थान थियो मईकोट। मईकोटबाट मात्रै युद्धको लागि ४८ जनाले ज्यान दिएका थिए। त्यतिमात्रै होईन गएको वर्ष सम्म जिवनबुटि अर्थात यार्सागुम्बा टिप्न जानेहरुसंग लिएको करबाट बार्षिक करिव ५ करोड नेकपा माओबादी लाई बुझाउथे त्यसैले जनयुद्धलाई पालेको ठाउँ थियो रुकुमको मईकोट। जिवन बुटि अर्थात यार्सागुम्बा टिप्न जाने प्रति ब्यक्ति ५०० रुपैयाका दरले कर उठाउने गरिन्छ। एक बर्षमा करिव १० हजार भन्दा बढि ब्यक्ति जिवन बुटि अर्थात यार्सागुम्बा टिप्न आउने गरेको मईकोट बासि बताउछन्। साथै त्यो उठेको रकम माओवादीलाई सहयोग मिल्थ्यो। तर अव मईकोट वासी यो वर्षबाट त्यो रकम मईकोटकै बिकासमा लगालि गर्ने वताउछन् उनिहरुको भनाई छ त्यत्रो आर्थिक सहयोग गरेको मईकोट बासिलाई आफ्नै सरकारले खै के दियो? मईकोटका बिरमान विश्वकर्मा भन्छन् अहिले सम्म त्यो रकम वास्तवमै गाऊमै लगानि गरेको भए मईकोट तपाई हामिले भन्ने गरेको पेरीस र स्विजरल्याण्ड पहिले नै बनिसक्थ्यो तर पनि देशको परिवर्तनको लागि दिएको सहयोग आज ब्यर्थ जस्तो भएको छ। यसरि करिव १५ दिनको रुकुमको हाम्रो यात्रा निकै कठिन भयो, तर उपलब्धि मुलक भयो यात्रा पछि सोच्न बाध्य बनायो बास्तवमै रुकुम र रोल्पामा सरकारले तत्काल केहि गर्न सक्नु आफैमा चुनौति छ भने तत्काल केहि गर्न नसक्नु माओवादीकै भविश्यको लागि चुनौती छ।


No comments:
Post a Comment